बन्दिपुर–१ को विपद् कोषमा एनएमबि बैंकको २ लाख सहयोग

Devghat Online

शेयर गरौ

बन्दिपुर, भदौ २

बन्दीपुर गाउँपालिका वडा नं १ को बिपद् व्यवस्थापन कोषमा एनएमबि बैक डुम्रे शाखाले दुई लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सो रकम गरिएको बैंकका शाखा प्रमुख संगम अधिकारीले जानकारी दिए ।

शुक्रबार एक कार्यक्रमका विच बैंकका शाखा प्रमुख अधिकारीले वडाध्यक्ष शिवकुमार श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । अकस्मात भवितव्य पर्दा वा पृथ्वीराजमार्ग अन्र्तगत यस वडा क्षेत्रमा घरहरु भत्किदाँ जुनसुकै समयमा पनि बिपद आउन सक्ने भएकाले बिपद कोषमा रकम जम्मा गर्न लागेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विपत कोषका लागि सडक आयोजनाबाट पाउने मुआब्जा समेत घरधनीहरुले लिएको मुआव्जाको ०.५ प्रतिशत बिपद कोषमा रकम जम्मा गर्न भनेपछि जम्मा गर्ने कार्य भैरहेको छ । बैंकले वडा नम्बर ४ लाई पनि एक लाख सहयोग गर्न लागेको शाखा प्रमुख अधिकारीले जानकारी दिए ।

भवितव्य, बाढी पहिरो, बन्यजन्तु आक्रमण, आपतविपद, भूक्षय, भुकम्प, आगलागि लगायतका बिपदमा प्रयोग हुने गरी सो रकम खर्च गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । बिपदको पूर्वतयारीको लागि अग्निजन्य नियन्त्रण, बाढी पहिरो, नदीजन्य उद्धार लगायतका सामाग्रीहरु वडा कार्यालयमा व्यवस्थापन गरि राखिएको छ । बिपदको पूर्व तयारीमा अन्य वडा कार्यालयको तुलनामा यस वडा कार्यालय अग्रस्थानमा रहेको छ । निकट भविष्यमा अझै ठुला योजनामा अघि बढ्ने लक्ष्य रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण