प्रथम देवघाट कपको उपाधि स्याउली फुटबल क्लवलाई

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ३

देवघाट गाउँपालिकामा सन्चालित प्रथम देवघाट कप सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी स्याउली फुटवल क्लवले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा स्याउली फुटबल क्लब देवघाटले ज्योति युवा क्लब गौरिगंञ्ज भरतपुर– ८ लाइ २–० गोल गर्दै विजयी भएको थियो । उपाधी हात पार्न सफल स्याउली फुटबल क्लबले नगद ५० हजार र दोश्रो हुने ज्योति युवा क्लब गौरिगंञ्जले नगद ३० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, बिशिस्ट अतिथि पालिका उपाध्यक्ष भुवन सिं गुरुङ तथा विषेश अतिथि सेन्ट्रल कलेज भरतपुरका प्रीन्सिपल यज्ञविलास पौडेल लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

गत साउन २५ गतेबाट सन्चालित सो प्रतियोगिातामा तनहुँ, चितवन र नवलपरासी जिल्लाबाट ४१ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण