प्रथम देवघाट कपको उपाधि स्याउली फुटबल क्लवलाई

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ३

देवघाट गाउँपालिकामा सन्चालित प्रथम देवघाट कप सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी स्याउली फुटवल क्लवले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा स्याउली फुटबल क्लब देवघाटले ज्योति युवा क्लब गौरिगंञ्ज भरतपुर– ८ लाइ २–० गोल गर्दै विजयी भएको थियो । उपाधी हात पार्न सफल स्याउली फुटबल क्लबले नगद ५० हजार र दोश्रो हुने ज्योति युवा क्लब गौरिगंञ्जले नगद ३० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, बिशिस्ट अतिथि पालिका उपाध्यक्ष भुवन सिं गुरुङ तथा विषेश अतिथि सेन्ट्रल कलेज भरतपुरका प्रीन्सिपल यज्ञविलास पौडेल लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

गत साउन २५ गतेबाट सन्चालित सो प्रतियोगिातामा तनहुँ, चितवन र नवलपरासी जिल्लाबाट ४१ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले