म्याग्देको महेन्द्र माविले बस सेवा सन्चालनमा ल्यायो

Devghat Online

शेयर गरौ

दमौली, भदौ ४

म्याग्दे गाउँपालिका–१ स्थित महेन्द्र माविले स्कुल बस सञ्चालनमा ल्याएको छ ।

सो बसको सोमबार विधिपुर्वक पुजा गरियो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बसको चावी विद्यालयका प्रअलाई हस्तान्तरण गरे । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर थापा, वडा अध्यक्ष मणिभद्र वाग्ले लगायत जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

उक्त बस खरिद गर्न म्याग्दे गाउँपालिकाले ४० प्रतिशत रकम अनुदान प्रदान गरेको थियो भने बाँकी ६० प्रतिशत रकम विद्यालयले पुर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट संकलन गरेको विद्यालयका प्रअ सोमबहादुर थापाले बताए ।

बस सन्चालनमा आएपछि विद्यालयको पठनपाठनमा प्रत्यक्ष फाईदा पुग्ने प्रअ थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण