नारायणगढ–मुग्लिनको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने अनुमान

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ५

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने सडक डिभिजन भरतपुरले बताएको छ । हिजो राती करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन दुई वटा मेशिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । ‘हिजो राती १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पुरै पन्छाउन अझै  केही घण्टा लाग्छ सक्छ’, उनले भने ।

आज यात्रा गर्न लागेका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण