कृषि तिज गित प्रतियोगिता सम्पन्न, बेदकाली समुह म्याग्दे प्रथम

Devghat Online

शेयर गरौ

दमौली, भदौ १५

कृषि ज्ञान केन्द्र तनहुँको आयोजनामा शुक्रबार दमौलीमा कृषि तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा समावेशी कृषक समुह शुक्लागन्डकी–९, मुलपानी आइपिएम पाठशाला व्यास–११, बहुउद्देश्यिय कृषक समुह शुक्लागन्डकी–८, त्रिवेणी एकिकृत कृषक समुह आवुँखैरेनी–१, बेदकाली कृषि समुह म्याग्दे–७ र चन्डीदेवी फलफुल तथा तरकारी उत्पादन कृषि समुह म्याग्दे–४ गरि ६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामामा बेदकाली कृषि समुह म्याग्दे–७ प्रथम, चन्डीदेवी फलफुल तथा तरकारी उत्पादन कृषि समुह म्याग्दे–४ द्वित्तिय र बहुउद्देश्यिय कृषक समुह शुक्लागन्डकी–८ तृतिय भएका थिए । प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार तथा सहभागी सबै टिमलाई नगद २ हजार प्रदान गरिएको थियो ।

प्रथम हुने टिमले गन्डकी प्रदेश कृषि निर्देशनालयबाट आयोजना हुने प्रदेश स्तरीय कृषि तिज गित प्रतियोगितामा सहभागिता जनाउन पाउने कार्यालयका लेखा अधिकृत विजयकुमार श्रेष्ठले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र तनहुँका निमित्त कार्यालय प्रमुख बिरेन्द्र धितालको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन कार्यालयका प्रशासन अधिकृत गुरुदत्त घिमिरे तथा स्वागत बाली संरक्षण अधिकृत किरण परियारले गरेका थिए ।

सो प्रतियोगिताको निर्णायक मन्डलमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान तनहुँका अध्यक्ष श्रीराम गन्धर्व र प्रतिष्ठानका संरक्षक विष्णु खड्का क्षेत्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय