महेश सन्यास आश्रम देवघाटका पिठाधिसको प्रश्न: धर्म बेचुवा दलालको जमातलाई कसरी सार्वभौम संसद मान्ने ?

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १५

देवघाट स्थित महेश सन्यास आश्रमका पिठाधिस एवं शंकराचार्य मठका संरक्षक श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले संसदलाई धर्म वेचुवा दलालको जमात भएको संज्ञा दिएका छन् । शुक्रबार राती सामाजिक सन्जालमा विभिन्न प्रश्न गर्दै स्वामी रमणानन्द गिरीजीले जनताले महान् मानेका सबै नेताहरू राष्ट्र विघटनकारी विदेशी शक्तिकेन्द्रका दास भएको र विदेशी एजेन्डाअनुसार नेपाललाई साँस्कृतिक र आर्थिक रूपमा समेत टाट पल्टाउनका लागि नयाँ शासन व्यवस्था लादिएको दाबी गरे ।

यदि यो होइन भने यी प्रश्नको उत्तर देऊ भन्दै उनले सत्र (खर्ब) रुपैयाँको बजेटमा चौध (खर्ब) रुपैयाँ व्यवस्थापकीय खर्च र तीन रु मात्र विकास खर्च रहने राष्ट्रविघटनकारी व्यवस्थालाई कुन मुखले महान् भन्ने? प्रश्न गरेका छन् ।

त्यस्तै ६२/६३को जनआन्दोलनमा नउठेको र पुनःस्थापित प्रतिनिधिसभाबाट जारी गरिएको प्रस्तावित कार्यसूचीमा समेत समावेश नभएको धर्मनिरपेक्षताको विषय कागखुट्टी दिएर ड्राफ्टमा छिराई कसैले थाहै नपाई (स्वयं गिरिजाप्रसाद कोइरालाले समेत आफूले सो विषयमा सुइँको नपाएको बताएका छन्) पास गराउने केही धर्मबेचुवा दलालहरूको जमातलाई कसरी सार्वभौम संसद् मान्ने ? भन्दै जनतालाई अर्को प्रश्न गरेका छन् ।

त्यसै गरि राजा महेन्द्रको पालामा खोलिएका कल कारखानाहरू समेत सुचारु रूपमा चलाउन नसक्ने तिम्रा नेताका झुन्डले समुन्नत नेपाल बनाउलान् भनेर कसरी पत्याउने ? उनले अर्को प्रश्न जनतालाई गरेका छन् ।

बाह्र रुपैयाँ कुल कमाइ (गार्हस्थ्य उत्पादन) भएको मुलुकमा त्यस्तो उत्तम(?) संघीय व्यवस्था लागू गरिएछ, जसको सञ्चालनका लागि पनि त्योभन्दा धेरै खर्च लाग्ने भएकाले विदेशी ऋणको भर पर्नुपर्ने र विदेशको दलाल नबनेको कुनै प्रधानमन्त्रीले देशमा तलबै खुवाउन सक्दैन भन्दै उनले त्यस्तो व्यवस्थाको समर्थकलाई विदेशी दलाल किन नभन्ने ? भनेका छन् ।

धर्मनिरपेक्षताको नाममा बहुसंख्यक हिन्दुहरूको आस्थामा चोट पुर्याई जातीय द्वन्द्व मच्चाउन क्रियाशील वर्तमान व्यवस्थालाई साँच्चिकै धर्मनिरपेक्ष पनि कसरी भन्ने ? उनको प्रश्न छ ।
कमिशनको लोभमा आफ्नै जनतालाई शरणार्थी बनाई विदेशमा बेच्न राज्यका आधिकारिक व्यक्तिहरू नै लाग्दासमेत तिमी तिनकै निरीह कार्यकर्ता बनिरहेको देख्दा तिमीलाई राष्ट्रद्रोही दलाल किन नभन्ने ? उनले जनतालाई अर्को प्रश्न गरेका छन् ।

आफ्नो यो सन्देश सबै दलीय दास (कार्यकर्ता) हरूकहाँ पुर्याउन सहयोग गर्न अनुरोध गर्दै उनले यसो गरेमा राष्ट्रदेव पशुपतिनाथको दर्शन गरे बराबर पुण्य हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको