गायक प्रमोद खरेल माल्टामा, आज साँझ साँस्कृतिक कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

माल्टा, सेप्टेम्बर २

साँस्कृतिक कार्यक्रमका लागि लोकप्रिय गायक प्रमोद खरेल युरोपको माल्टा आईपुगेका छन् । गायक खरेललाई माल्टामा नेपाली समुदायले भव्य स्वागत गरेका छन् ।

तमु समाज माल्टाको आयोजनामा आज साँझ हुने सांस्कृतिक साँझको लागि गायक खरेल माल्टा आइपुगेका हुन् । उनलाई बिमानस्थलमा विभिन्न संघ तथा संस्था प्रतिप्रनिधि, संचारकर्मी, समाजसेवी र विभिन्न पेसामा व्यवसायीमा संलग्न भएका व्यक्तित्वहरुले स्वागत गरेका थिए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल, निबर्तमान कार्यसमितिका पदाधिकारीहरु, तमु समाजका कार्यबाहक अध्यक्ष तथा कार्यक्रम संयोजक पदम बहादुर गुरुङ, युबा सफल व्यबसायी प्रकाश भन्डारी, राजेन्द्र भन्डारी झापाली समाज तामाङ समाज लगायत माल्टामा अबस्थित विभिन्न संस्थाका प्रतिनिधि एबम नेपाली माल्टाबासिहरुले गायक खरेललाई भव्य स्वागत गरेका थिए । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले सम्पुर्ण माल्टा बासिलाई उक्त सांस्कृतिक साँझमा उपस्थित भै कार्यक्रमको सोभा बढाई नेपालिहरुको पहिचान लाई उच्च बनाउन अनुरोध गरे ।

कार्यक्रम माल्टाको समय अनुसार साँझ ५ बजे एमसिदा कुलेज फुटबल ग्राउन्ड्मा हुने छ । उक्त कार्यक्रममा गायक प्रमोद खरेल सँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

कुनै पनि राष्ट्रको परिचय भनेको देशको आफ्नो मौलिक भेषभुषा, धर्म, संस्कृती हो भन्ने सोचलाई मनन गर्दै नेपाली कला तथा संस्कृतिको संरक्षण गर्न केहि टेवा पुर्याउने र स्थानिय एंव नवयुवा कलाकारहरुमा रहेको प्रतिभा प्रफुस्टित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको तमु समाज माल्टा अध्यक्ष मधु गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले