गायक प्रमोद खरेल माल्टामा, आज साँझ साँस्कृतिक कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

माल्टा, सेप्टेम्बर २

साँस्कृतिक कार्यक्रमका लागि लोकप्रिय गायक प्रमोद खरेल युरोपको माल्टा आईपुगेका छन् । गायक खरेललाई माल्टामा नेपाली समुदायले भव्य स्वागत गरेका छन् ।

तमु समाज माल्टाको आयोजनामा आज साँझ हुने सांस्कृतिक साँझको लागि गायक खरेल माल्टा आइपुगेका हुन् । उनलाई बिमानस्थलमा विभिन्न संघ तथा संस्था प्रतिप्रनिधि, संचारकर्मी, समाजसेवी र विभिन्न पेसामा व्यवसायीमा संलग्न भएका व्यक्तित्वहरुले स्वागत गरेका थिए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल, निबर्तमान कार्यसमितिका पदाधिकारीहरु, तमु समाजका कार्यबाहक अध्यक्ष तथा कार्यक्रम संयोजक पदम बहादुर गुरुङ, युबा सफल व्यबसायी प्रकाश भन्डारी, राजेन्द्र भन्डारी झापाली समाज तामाङ समाज लगायत माल्टामा अबस्थित विभिन्न संस्थाका प्रतिनिधि एबम नेपाली माल्टाबासिहरुले गायक खरेललाई भव्य स्वागत गरेका थिए । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले सम्पुर्ण माल्टा बासिलाई उक्त सांस्कृतिक साँझमा उपस्थित भै कार्यक्रमको सोभा बढाई नेपालिहरुको पहिचान लाई उच्च बनाउन अनुरोध गरे ।

कार्यक्रम माल्टाको समय अनुसार साँझ ५ बजे एमसिदा कुलेज फुटबल ग्राउन्ड्मा हुने छ । उक्त कार्यक्रममा गायक प्रमोद खरेल सँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

कुनै पनि राष्ट्रको परिचय भनेको देशको आफ्नो मौलिक भेषभुषा, धर्म, संस्कृती हो भन्ने सोचलाई मनन गर्दै नेपाली कला तथा संस्कृतिको संरक्षण गर्न केहि टेवा पुर्याउने र स्थानिय एंव नवयुवा कलाकारहरुमा रहेको प्रतिभा प्रफुस्टित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको तमु समाज माल्टा अध्यक्ष मधु गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर