साप्ताहिक पत्रिका सन्जाल चितवनको अध्यक्षमा बराल

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ १६

साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह–सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की लक्की र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।

यस्तैगरी सदस्यमा रामेश्वर रिजाल, हरिप्रसाद उप्रेती ‘भुवन’ छन् भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने चयन अध्यक्ष बरालले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दैै प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साप्ताहिक पत्रिका नेपाल पत्रकारिताको जननी भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । उनले बढ्दो सूचना प्रविधिको विकाससगैँ साप्ताहिक पत्रिकाको प्रयोगमा केहि कम देखिए पनि यसको महत्व र उपयोगिता महत्वपूर्ण रहेको स्पष्ट पारे । उनले साप्ताहिक पत्रिकाको प्रर्वद्धनमा केन्द्र, प्रदेश र स्थानिय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारीले साप्ताहिक पत्रिकाको संरक्षणमा सबै पक्ष अग्रसर हुनुपर्ने बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारीले साप्ताहिक पत्रिकाको विकास र प्रर्वद्धनमा नयाँ रणनीतिका साथ लाग्नुपर्ने धारण राखिन् ।

निर्वाचित भएसगैँ अध्यक्ष बरालले साप्ताहिकको विकासमा आफु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । साथै उनले सञ्जालको शाखा देशभरि नै विस्तार गर्ने उद्धघोष गरे । साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता