गोवंश रक्षार्थ भदौ २३ गते नारायणी किनारमा धार्मिक सभा हुने

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ १६

धरान लगायत देशका विभिन्न स्थानमा भएको गाई हत्याको विरोध एवम् गोवंश रक्षार्थ नारायणी नदी किनारमा आगामी भदौ २३ गते विशाल धार्मिक सभा हुने भएको छ । उक्त धार्मिक सभाको लागि गोवंश रक्षार्थ विशाल धार्मिक सभा आयोजक समिति गठन गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा भरतपुर–९ स्थित त्रिपुरेश्वर शिवालय मन्दिर परिसरमा भएको भेलाले १९५ सदस्यिय मुल आयोजक समिति बनाएको हो । ज्ञानानन्द सरस्वती महाराजको संयोजकत्वमा निर्देशन मण्डल, टंकनाथ पौडेलको संयोजकत्वमा १५ सदस्यिय कार्य सम्पादन समिति र ११ वटा विभिन्न उपसमिति गठन गरिएको छ।

निर्देशन मण्डलमा देवघाटधामका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, स्वामी रमणानन्द गिरी, लंकुस्थित लक्ष्मी बैकुण्ठनाथ मन्दिरका महन्त आचार्य जगन्नाथ शर्मा र निम्बार्क दर्शन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक हरिशरण आचार्य लगायतका सन्तहरु रहेका छन् । शुक्रवार भएको भेलामा चितवन, नवलपुर, नवलपरासी, तनुहँका विभिन्न धार्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

‘अनेकतामा एकता सनातन वैदिक हिन्दु धर्मको विशेषता, ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किरात र प्रकृतिपूजक) एक होऔ। संविधानको पालना गराऔँ’ भन्ने नारा सहित धार्मिक सभा हुन लागेको श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष एवम् धार्मिक सभाको प्रचारप्रसार समितिका संयोजक प्रेमनिधी भारद्धाजले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण