विभिन्न निर्णय गर्दै तामाङ समाज माल्टाको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

माल्टा, सेप्टेम्बर ४

तामाङ समाज माल्टाको छैठौं मासिक बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष सुनिल दोङको सभापतित्वमा सम्पन्न भएको सो बैठकले ४ जना लाई कार्यसमितिमा नियुक्त गरेको छ ।

जसमा महा सचिव छेसाङ लोप्चन (अशिम) प्रचार–प्रसार विभागमा रविन गोले तामाङ र सांस्कृतिक विभागमा छिरिङ तामाङ र सह-कोषाध्यक्षमा अमृत लामा तामाङलाई नियुक्ती गर्ने सर्वसम्मत निर्णय भएको छ । साथै समितिको बैठकबाट ८ जना नयाँ सदस्यहरुलाई सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो ।

समाजको चौथाें चरण सम्म ५७ जना सदस्यहरुलाई सस्थाले साधारण सदस्यता प्रदान गरिसकेको छ । नयाँ सदस्यहरुलाई स्वगत सहित आउँदो दिनहरुमा सबैको साझा सस्था पारदर्शिता र समवेशियता साथ सस्थालाई उच्च स्थानमा पुराउने अध्यक्ष दोङ्ले बताए ।

उक्त मासिक बैठकले तामाङ एफ सीलाई समाजको तर्फबाट २ जोर टिसर्ट एफ सीका (प्रबन्धक) रोशन शिजापति र प्रशिक्षक पासाङ रुम्बा तामाङ लगाएत खेलाडीहरुलाई हस्तान्तरण गरिएको छ ।

साथै बैठकले समाजको समासमायिक विषय बस्तु र अन्तरिक कार्यक्रमका साथै भावी कार्ययोजना बारे छलफल तथा निर्णयहरु लगायत विशुद्ध सामाजिक सद्भाब एवम समाज सेवाका निम्ति अनवरण रुपमा आफुले सकेको योगदान सदैव रहन यसै समाजको कोषाध्यक्ष पासाङ रुम्बाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको