देवघाटधाम जेसीज सप्ताह सुरु, विभिन्न कार्यक्रम गरिने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १९

देवघाटधाम जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२३ मंगलबारबाट सुरु भएको छ । सप्ताहको पहिलो दिन भदौ १९ गते मंगलबार देवघाटधाम स्थित गलेश्वर आश्रममा रहेको सिद्धेश्वर महादेवको मन्दिरमा पुजा तथा सरसफाइ कार्यक्रम आयोजना गरियो ।

वडा नम्बर ५ का वडा सदस्य यामबहादुर मगरको प्रमुख आतिथ्यतामा जेसीज सप्ताह कार्यक्रम आयोजना गरिएको थियो । सप्ताहको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने सप्ताह कार्यक्रम मुल संयोजक तथा देवघाट जेसीजका कार्यकारिणी उपाध्यक्ष–२०२३ जेसी रघु मल्लले जानकारी दिए ।

सप्ताहलाई भव्य तरिकाले मनाउन विभिन्न तयारी गरिएको जेसीज वर्ष–२०२३ अध्यक्ष जेसी बिष्णुहरी सापकोटाले बताए । सप्ताह कार्यक्रमलाई समाजमा प्रभाव पर्ने विभिन्न कार्यक्रम गरिने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ