मुख्यमन्त्री पाण्डेद्वारा दमौली अस्पतालको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दमौली अस्पतालको अनुगमन गरेका छन् । आदिकवि भानुभक्त क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा आएका मुख्यमन्त्री पाण्डेले फर्कनेक्रममा दमौली अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमन पश्चात मुख्यमन्त्री पाण्डेले अस्पताललाई सुविधा सम्पन्न र भरपर्दाे बनाउनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकारको तर्फबाट अस्पतालको स्तरोन्नतीकोलागि सक्दो सहयोग गर्ने बताए ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा तथा अस्पतालका प्रमुख डा. परिवर्तन बरालले अस्पतालको स्तरोन्नती, विशेषज्ञ डाक्टरको व्यवस्था गरिदिनुका साथै नयाँ भवन निर्माणको मुख्यमन्त्री समक्ष माग गरेका थिए ।

उक्त अवसरमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री हरि बहादुर चुमान, प्रदेश सांसद अशोककुमार श्रेष्ठ, पुर्वमन्त्री दोबाटे बिक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने पुर्व प्रदेश सांसद सरिता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय