मुख्यमन्त्री पाण्डेद्वारा दमौली अस्पतालको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दमौली अस्पतालको अनुगमन गरेका छन् । आदिकवि भानुभक्त क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा आएका मुख्यमन्त्री पाण्डेले फर्कनेक्रममा दमौली अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमन पश्चात मुख्यमन्त्री पाण्डेले अस्पताललाई सुविधा सम्पन्न र भरपर्दाे बनाउनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकारको तर्फबाट अस्पतालको स्तरोन्नतीकोलागि सक्दो सहयोग गर्ने बताए ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा तथा अस्पतालका प्रमुख डा. परिवर्तन बरालले अस्पतालको स्तरोन्नती, विशेषज्ञ डाक्टरको व्यवस्था गरिदिनुका साथै नयाँ भवन निर्माणको मुख्यमन्त्री समक्ष माग गरेका थिए ।

उक्त अवसरमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री हरि बहादुर चुमान, प्रदेश सांसद अशोककुमार श्रेष्ठ, पुर्वमन्त्री दोबाटे बिक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने पुर्व प्रदेश सांसद सरिता गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले