काठमाडौं, भदौ २०
एसिया कप क्रिकेट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।



पाकिस्तान र भारतसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाली टिमलाई सशस्त्र प्रहरीको ब्याण्ड टोलीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।














