गैह्रीगाउँ सामूहिक हत्या एकै जनाले गरेको खुल्यो, पक्राउ परेका व्यक्तिले अपराध स्वीकारे 

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ ३१

काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रबार राति एकै जनाले चार जनाको हत्या गरेको खुलेको छ । आइतबार पक्राउ परेका आरोपीले धारिलो हतियार प्रहार गरी एक्लै चार जनाको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ ।

घटनामा यसअघि पक्राउ परेका दीपेन्द्र राईको संलग्नताबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन । आइतबार पक्राउ परेका पुरुषको पनि नाम सार्वजनिक गरिएको छैन । उनलाई सीसीटीभी फुटेजका आधारमा आज बिहान पक्राउ गरिएको थियो ।

शुक्रबार राति ११ः५५ बजे गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हत्या लगत्तै दीपेन्द्र ट्याक्सीमार्फत प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले उनलाई सोही बेलादेखि नियन्त्रणमा राखेको छ । हत्या गरिएका कुमार भुजेल सोही काठ मिलमा गेटपाले थिए ।

उनकी श्रीमती पनि मिलमै काम गर्थिन् । आमा भने श्रीमानको श्राद्ध गर्न २६ भदौमा काठमाडौं आएकी थिइन् । मोरङका नवीन सोही मिलमा काम गर्ने बताइए पनि उनको बारेमा थप विवरण बाहिर आएको छैन । दीपेन्द्र र नवीन काकाबडाउका छोरा भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले