अबैध लागू औषध सहित पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज १२

प्रहरीले अबैध लागु औषध सहित शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिपबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पृथ्वी राजमार्ग सडक खण्डमा बिरगञ्जबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ००८९ बस रोकी चेकजाँच गर्दा सो बसमा सवार जिल्ला पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–२ जयमंगलपुर बस्ने २८ बर्षिय सुखलाल मुखियालाई अबैध लागु औषध नाइट्राभेट २९ पत्ता (४३५ ट्याब्लेट) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई तनहुँ जिल्ला अदालतबाट अनुसन्धानकोलागि ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर