चोरीमा संलग्न भएको आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज १२

भिमाद नपा–९ मोहरियाटार बस्ने १९ बर्षिय जिवन थापालाई चोरीको सामान सहित विहिबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले भिमाद नगरपालिका–९ मोहरियाटार बस्ने ६१ बर्षिय यामबहादुर थापाको घरमा कोही नभएको मौका पारी घरको कोठाभित्रबाट नगद ६० हजार र स्यामसुङ कम्पनिको मोवाईल १ थान चोरी गरेपछि इलाका प्रहरी कार्यालय भिमादको टोलीले चोरीको सामान सहित पक्राउ गरेको हो ।

उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरि अनुसन्धानकोलागि ६ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर