उखु किसानलाई १५ दिनभित्र अनुदान उपलब्ध गराउन उद्योग समितिले दियो सरकारलाई निर्देशन

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज १४

उखु किसानहरुले उखु खेतीको प्रवद्र्धनका लागि नेपाल सरकारबाट पाउने अनुदान रकम १५ दिनभित्र अनुदान भुक्तानी गर्न संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसान संयोजक रहेको चिनी उद्योग तथा उखु किसानहरुको समस्या समाधान र सुझाव उपसमितिले दिएको सुझावका आधारमा समितिले सरकारलाई निर्देशन दिएको हो ।

श्रेष्ठ संयोजकत्वको उपसमितिले मुल समितिलाई ७ बुँदे प्रारम्भिक प्रतिवेदन (मस्यौदा) समेत बुझाएको छ । जसमा चिनी उद्योग तथा उखु किसानका समस्या पहिचान गर्न समाधानका लागि गरिएका गतिविधिहरु उल्लेख गरिएको छ । त्यस्तै, गर्न बाँकी रहेका कुराहरुलाई पनि अवगत गराइएको छ ।

श्रेष्ठको संयोजक रहेको उक्त उपसमितिमा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सुर्यमान तामाङ दोङ सदस्य रहेका थिए ।

गत जेठ ३१ गतेबाट कार्य प्रारम्भ भएको उक्त उपसमितिले हालसम्म चारवटा बैठक बसी चिनी उद्योग तथा उखु किसानको समस्या पहिचान र समाधानका लागि अध्ययन एवम् छलफल गरी प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

‘मेरो संयोजकत्वमा रहेको उपसमितिले उखु किसानको समस्यालाई गहिरो ढंगबाट अध्ययन गरेका छौँ,’ श्रेष्ठले भने, ‘त्यसमध्ये पनि उखु किसानले पाउने भनिएको अनुदान रकम लामो समय नपाउँदा उनीहरु मारमा परेको हाम्रो ठम्याइ छ । त्यसैले मूल समितिमार्फत सरकारलाई १५ दिनभित्र उखु किसानको अनुदान भुक्तानी गर्न निर्देशन दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण