भानु नगरपालिकामा लामखुट्टेको लार्भा ‘खोजौं र नष्ट गरौं’ अभियान शुरु

Devghat Online

शेयर गरौ

दमौली, असोज १५

डेंगु संक्रमण बढ्दै गएपछि भानु नगरपालिकामा डेंगु रोग विरुद्ध लामखुट्टेको लार्भा ‘खोजौं र नष्ट गरौं’ भन्ने अभियान सुरु गरिएको छ ।

तनहुँ जिल्ला डेंगु रोगको हटस्पट बन्दै गएको र भानु नगरपालिकामा पनि डेंगुको विरामीहरु बढ्न थालेपनि उक्त रोग नियन्त्रणका लागि सोमबारबाट अभियान सुरु गरिएको भानु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । सोमबार वडा नम्बर १ को डुम्रे साजबोटे क्षेत्रबाट अभियान सन्चालन गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

नगरवासीको स्वस्थ्यमा ध्यान दिनु सबैभन्दा महत्वपुर्ण हुने हुँदा नगरपालिकामा डेंगु रोग विरुद्ध अभियान सुरु गरिएको नगर प्रमुख त्रिपाठीले बताए । उक्त अभियान नगरपालिकाका सबै वडामा सन्चालन हुने त्रिपाठीले बताए ।

उक्त अभियानमा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, टोल विकास संस्थाका पदाधिकारी, आमा समुह तथा युवा क्लवका पदाधिकारीहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । अभियानको क्रममा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरुको बारेमा सर्वसाधरणलाई जानकारी दिईने र लामखुट्टेको बासस्थानहरुको नष्ट गरिने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले