तनहुँ प्रहरीको अनुरोधः चाडपर्वमा चोरीको घटना हुने हुँदा सचेत र सावधान बन्नुहोस

Devghat Online

शेयर गरौ

दमौली, असोज २७

चाडपर्वमा चोरीका घटना हुने हुँदा सर्वसाधरणले सचेत र सावधान बन्न जिल्ला प्रहरी कार्यालय तनहुँले आम नागरिकलाई अनुरोध गरेको छ । चाडपर्वको समयमा घर बाहिर निस्किँदा वा कहिँ टाढा जानुपर्ने भएमा बहुमुल्य सामाग्रीहरू सुरक्षित साथ राख्न तथा घर कोठा छोडेर जानुपर्दा आफ्नो घरको झ्याल ढोका राम्रोसँग बन्द गरी नजिकको बिश्वाुसिलो व्यक्तिलाई खवर गर्न प्रहरीले अनुरोध गरेको छ ।

अपराधिक कृयाकलापहरुको शंका लागेमा तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा खवर गर्न तथा आफ्नो घर कोठा भाडामा बस्ने ब्यक्ति तथा काम गर्ने मानिसहरूको स्पष्ट नामथर, वतन, परिचय खुल्ने कागजात सहितको अभिलेख राख्न र बहुमुल्य गरगहना लगाएर भिडभाडमा नजान तथा जानुपर्ने भएमा चनाखो रहन प्रहरीले अनुरोध गरेको छ ।

चाडपर्वको समयमा हुनसक्ने लुटपाट, डकैती तथा नशालु पदार्थ मिसाइएका खानेकुराहरु दिई चोरी गर्न सक्ने हुँदा अपरिचित व्यक्तिहरूले दिएको कुनैपनि किसिमको खानेकुराहरु नखान, सुन तथा डलर साट्ने नाममा लोभमा पारी झुक्याई ठगी गर्ने हुँदा त्यस्ता कुराहरूमा सजक रहन र शंका लागेमा तत्काल प्रहरीलाई खवर गर्न पनि जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ । चाडपर्वको नाममा कानूनद्वारा प्रतिवन्धित जुवा, तास लगायतका खेलहरू नखेल्नुहोस् र खेल्न नदिन पटकाजन्य बिष्फोटक पदार्थ तथा आतिस्बाजीले मानविय, भौतिक एवम् बातावरणीय क्षती पुग्ने हुँदा त्यसको प्रयोग नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

चाडपर्वको समयमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राख्न कुनैपनि धर्मको आस्थामाथि खलल् पुग्ने सामाग्रीहरू सामाजिक संजालमा नराख्न, चाडपर्वको समयमा लामो यात्रामा निस्कदाको जानकारी सामाजिक संजालमा नराख्न पनि प्रहरीले अनुरोध गरेको छ । नशालु तथा मादक पदार्थ सेवन गरी तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानविय तथा भौतिक क्षती हुनसक्ने हुँदा ट्राफिक नियमको पालना गरि आफुपनि बच्न र अरुलाई पनि बचाउन प्रहरीको अनुरोध छ ।

विभिन्न चिठ्ठाहरूको नाउँमा ठगी हुनसक्ने हुँदा त्यस्ता व्यक्ति तथा संस्थाबाट सजक रहन तथा नचिनेका व्यक्तिहरूसँग घुलमिल नहुन घर टोल सुरक्षाका लागि सिसि क्यामेरो, ईमर्जेन्सी साइरन, सेन्सर बत्ति जडान गरी सुरक्षाका उपायहरू अपनाउन तथा कुनैपनि समस्या परेमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा १०० नम्वरमा खवर गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले आम जिल्लाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका