देवघाटको टाउन चोकदेखी नमस्ते गार्डेन रिर्साेटसम्मको राम मन्दिर मार्गको पहुँच खुल्यो

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १

देवघाट गाउँपालिकाको वडा नम्बर ५ को टाउन चोक देखी नमस्ते गार्डेन रिसोर्ट सम्म पहुँच मार्ग खुलाईएको छ । करिब २ सय मिटर लम्बाईको उक्त बाटो यस अघि ३ मिटर चौडाइ रहेकोमा बुधबारबाट ६ मिटरको बनाईएको छ ।

टाउन चोक देखी महेश मार्गसम्मको उक्त मार्ग करिब २ वर्ष अगाडी नै राममन्दिरसम्म विस्तार गरिएको थियो । राम मन्दिरसम्म पुगेर रोखिएको उक्त बाटो निरन्तरको संवाद र प्रयास पछि जग्गाधनीहरुको सहमतीमा अहिले उक्त बाटो खुलाउन सफल भईएको चक्रवर्ती मणिमुकुन्देश्वर टोल बिकास संस्थाका सचिव रामहरि पुडासैनीले बताए ।

देवघाट गाउँपालिका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरको नेतृत्वमा टाउन चोक देखि नमस्ते गार्डेन रिसोर्टसम्म जाने भित्री बाटोलाई विस्तार गरि ६ मिटरको बनाईएको थियो । पहिला चौडाइ ३ मिटरको भएपनि अहिले समयको माग अनुसार स्तरोन्नती गरि ६ मिटर चौडाईको बनाईएको वडा अध्यक्ष कुँवरले बताए ।

चक्रवर्ती मणिमुकुन्देश्वर टोल बिकास संस्थाका अध्यक्ष अनिल मिश्रले सबैको प्रयन्त र प्रयासमा उक्त बाटो खोल्न सफल भएको बताए । सचिव पुडासैनीले ८ वर्ष देखि पटक–पटक समन्वय गर्दा पनि सफल नभएपनि सबैको प्रयासमा अहिले आएर सफल भएको बताए । उक्त मार्ग खुलाउन महेश सन्यास आश्रमले ठुलो सहयोग गरेको सचिव पुडासैनीले बताए । त्यस्तै समाजसेवी रामनाथ मिश्रले पनि उक्त मार्ग खुलाउन ठुलो सहयोग गरेको पुडासैनीले बताए ।

बाटो खुलाउने क्रममा वडा अध्यक्ष कुँवर, वडा सदस्यहरु बुद्धि बहादुर पाण्डे र कमला गुरुङ, देवघाट खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष सालिग्राम मिश्र (सुरज) तथा टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको