भूकम्पका कारण १५७ को मृत्यु, १७० घाइते

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १८

शुृक्रबार राती ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भई गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

भुकम्पको कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिमा ५२ जनाको मृत्यु भएको छ भने भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ७० जना घाइते भएका छन् । दैलेखका ३ जना, जुम्लाका ३, प्युठानका ३ र बैतडीका २ जना पनि घाइते भएका छन् ।

 

घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याईएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री