आइतबारबाट राहत र पुनस्थापनामा लाग्ने प्रधानमन्त्रीको भनाई

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् । शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे ।

मृतकको संख्या १५७ आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै उनले भने, ‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ ।’

आइतबारदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उनले बताए । ‘आइतबार विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाइसकेको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा लाग्छौं’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक