कांग्रेसको तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित, काँग्रेसद्वारा ५० लाख सहयोग

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक १८

जाजरकोट भूकम्पका कारण नेपाली कांग्रेसले तिहारसम्मका सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा सर्वसाधारण घाइते भएकाले तिहारसम्मको कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र पालिकास्तरमा पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ ।

पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने जानकारी पौडेलले बताए । नेपाली काँग्रेसले भुकम्प प्रभावितको उद्धार र राहतकोलागि सरकारको कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण