देवघाट गाउँपालिकाले भुकम्प पीडितलाई पाँच लाख सहयोग गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक २०

देवघाट गाउँपालिकाले जाजरकोटमा गएको भुकम्पका पीडितलाई पाँचलाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले विपद व्यवस्थापन कोषबाट भुकम्प पीडितको सहयोग र राहतको लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएकोगाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

सो बैठकले विपत व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ । सब डिभिजन वन कार्यालय अगाडि देखि चक्रवर्ती सामुदायिक वन भवन आस पास देवपुर गाउँ बाटोमा परेको रूखहरू व्यवस्थापन गर्ने,. वडा नम्बर १ मा पर्ने शालिग्राम कोरिडोर अन्तर्गत देवपुर देखि कोटा सम्मको सडक वरिपरी रहेको रुखहरू बर्षाको कारणले ढलेकोमा उक्त रुखहरु पन्छाउदा लागेको खर्च गाउँ पालिकाको बिपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय पनि गरेको कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिए ।

भुकम्पले जाजरकोटमा पुर्‍याएको क्षती

बैठकले भुकम्प पीडितको सहयोगकोलागि राहत संकलन गर्न वडा नम्बर २ का अध्यक्ष मिनबहादुर रानाको संयोजकत्वमा राहत संकलन समिति गठन गर्ने निर्णय गरेको छ ।

सो समितिमा प्रमुख राजनितिक दलका प्रतिनिधिहरु देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर राना, देवघाट ईलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण बाहादुर बाँनिया, देवघाट रेडक्रस सोसाइटीका अध्यक्ष गोबिन्द प्रसाद न्यौपाने, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, सामुदायिक वन महासंघको तर्फबाट प्रबिन कार्की, देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी, देवघाट विपद व्यवस्थापन शाखा होम बाहादुर भारती, स्थानीय सन्चार माध्यमका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो बैठकमा गाउँपालिका उपाध्यक्ष भुवन सिँ गुरुङ्ग, प्रमुख प्रशासनिक अधिकृत गौरीप्रसाद आचार्य, सबै वडाका अध्यक्षहरु र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण