अक्सफोर्ड कलेजले पायो -‘बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३’

Devghat Online

शेयर गरौ

गैँडाकोट, कार्तिक २०

पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड) कलेजले पुन स् राष्टिय अवार्ड प्राप्त गरेको छ । जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई ‘बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३’ बाट सम्मान गरिएको हो ।

कलेज रिर्डस नामक नेपालको अंग्रेजी मासिक पत्रिकाले अक्सफोर्ड कलेजलाई बेष्ट इन्जिनियरिङ कलेज अफ द इएरबाट सम्मान गरेको कलेजका प्राचार्य प्रोफेसर ई.हरि भण्डारीले जानकारी दिए । कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि, रिजल्ट, विश्वविद्यालयको र्याकिगं, सिट क्षमता अनुसार विद्यार्थी भर्नाको अवस्था लगायतका दर्जन बढी सूचकहरुलाई आधार बनाएर अवार्ड प्रदान गरिएको हो ।

अर्वाड वितरण समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र सांसद टिएल चौधरीले संयुक्त रुपमा कलेजका प्राचार्य भण्डारीलाई अवार्ड प्रदान गरेका थिए। इन्जिनियरिङ पढाई हुने नेपालका ५३ वटा कलेजहरु मध्ये ५२ वटा कलेजहरु भन्दा अव्वल ठहरिदै अक्सफोर्डले सो अवार्ड प्राप्त गरेको हो ।

कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले ‘बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३’ ले अक्सफोर्ड परिवारलाई गुणस्तरीय शिक्षा लाई निरन्तरता दिनका लागि जिम्मेबारी बढेको बताए । अवार्ड प्राप्तिको श्रेय इन्जिनियरिङ डिर्पाटमेन्टका प्राध्यापक र विद्यार्थीहरुलाई जाने भन्दै उनले सबै बधाईको पात्र भएको भन्दै खुसी ब्यक्त गरे ।

अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ पढाई सञ्चालन गर्दै आएको छ ।

विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन