भुकम्प पीडितको सहयोगको लागि देवघाटमा राहत संकलन सुरु

Devghat Online

शेयर गरौ

विष्णु पाण्डे देवघाट, कार्तिक २१

जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितहरुको सहयोगको देवघाट गाउँपालिकामा राहत संकलन सुरु भएको छ । देवघाट गाउँपालिका कार्यालयद्वारा गठित राहत संकलन समितिले मंगलबार वडा नम्बर ५ को देवघाटधाम क्षेत्रबाट राहत संकलन सुरु गरेको समितिका सदस्य तथा देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

राहत संकलन अभियानमा देवघाट गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका विपद व्यवस्थापन शाखाका कर्मचारी, स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय सन्चारकर्मीहरुको सहभागिता रहेको छ ।

देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रका पीडित जनतालाई राहत वितरण गर्न देवघाट गाउँपालिकाको विपद व्यवस्थापन राहत कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता