गाईघाट-गल्याङ सडकको तनहुँ खन्डको काम सुरु गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २०

ग्रामीण भु-भागलाई पक्की सडकसँग जोडेर त्यहाँका थप सम्भावना समेट्दै समृद्ध गाउँ निर्माण गर्ने लक्ष्य सहित बाग्मती, गण्डकी र लुम्बिनी प्रपेश जोड्ने जोडिएको चितवनको गाइघाट देखि तनहुँको दक्षिणी ग्रामीण देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका हुदै स्याङ्जाको गल्याङ हुँदै पाल्पाको आर्यभन्ज्याङ जोड्ने सडकको तनहुँ खण्डको काम तत्काल शुरु गर्नका लागि तनहुँका जनप्रतिनिधि सहितको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सोमबार घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा सहित सर्वदलीय प्रतिनिधि सहितको टोली र पुर्वमन्त्री तथा प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर २ का सांसद शंकर भण्डारी तथा निवर्तमान सांसद केदार सिग्देल सहितको टोलिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाश शरण महत लगायतसँग भेट गरेको थियो ।

सो भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महत दुवैले उपभोक्ता र राजनितिक दलहरुले चिन्ता प्रकट गरे बमोजिम नै काम पूरा गर्न गराउन सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

गाइघाट – गल्याङ – आर्यभन्ज्याङ सडक अन्तर्गतको तनहुँ खण्डको काम छिट्टै सम्पन्न गरि ग्रामीण जनतालाई राजमार्गसँग जोड्ने संकल्प पूरा हुने घिरिङ गाउँपालिकाका अध्यक्ष थापाले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण