सुर्याेदय सहकारी देवघाटको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

गोमा न्यौपाने, देवघाट, कार्तिक २२

देवघाट गाउँपालिका–५ पिपलटार रहेको सूर्योदय कृषि सहकारीको तेश्रो बार्षिक साधारणसभा बुधबार सम्पन्न भयो ।

सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले सहकारी संघ संस्थाले आफ्ना शेयर सदस्यहरुको हितमा काम गर्नु पर्ने बताए । अध्यक्ष थापाले नियमअनुसार सन्चालन हुने सहकारीहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताए ।

सहकारी संस्थाका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्नसामुदायिक वन महासघ गण्डकी प्रदेश सचिव तथा सहकारी सस्थाका लेखा सुपरिवेक्षण संयोजक केशवचन्द्र न्यौपाने, वडा नम्बर ५ की वडा सदस्य सरस्वती परियार, सहकारी संस्थाका संस्थापक अध्यक्ष माधव न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२०७७ सालमा स्थापित सो सहकारी संस्थाले शेयर सदस्यहरुको आर्थिक उपार्जनको लागि कृषि तथा पशुपालनमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता