पत्रकार लामिछानेलाई ज्यान मार्ने धम्की दिएको प्रति महासंघको आपत्ती

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २२

तनहुँका क्रियाशिल पत्रकार सविन लामिछानेलाई सवारी चालक सुजन श्रेष्ठले ज्यान मार्ने धम्की दिएको घटना प्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आपत्ती जनाएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गरि पत्रकार लामिछानेलाई ज्यान मार्ने धम्की दिएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरेको छ ।

अनलाइन खबर डटकम र पब्लिक फोरके टेलिभिजनका तनहुँ समाचारदाता लामिछानेलाई सदरमुकाम दमौलीबाट व्यास नपा ६ जाने सिन्धु मार्गमा गुड्ने ग १ ज ७५०५ नम्बरको यात्रुबहाक बसका चालक श्रेष्ठले मंगलबार राती पत्रकार लामिछानेको घरमा पुगी उनका वुवा आमालाई धम्काई छोराको ज्यान मार्ने धम्की दिएको पत्रकार महासंघ तनहुँले जनाएको छ ।

पत्रकार महासंघ तनहुँ शाखाका सचिव प्रताप रानाले जारी गरेको विज्ञप्तिमा मादक पदार्थ सेवन गरी राती पत्रकार लामिछानेको घरमा गएर सवारी चालक श्रेष्ठले गाली गलौज र ज्यान मार्ने धम्की दिएको भन्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानुनी कारवाही गर्न प्रशासन समक्ष माग गरिएको छ । साथै पत्रकार लामिछाने र उनका अविभावकको जिउ ज्यानको सुरक्षा गर्न पनि माग गरिएको छ ।

पत्रकार लामिछानेले उक्त सवारी साधनमा ट्राफिक नियम उल्लंघलन गर्दै क्षमता भन्दा बढि यात्रु बोकेको बारेमा समाचार प्रकाशन गरेका थिए । पत्रकार लामिछानेले जिल्ला प्रशासन कार्यालयमा उक्त घटनाको बारेमा जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बुधबार दिउँसो घटनाका देषी सवारी चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपित श्रेष्ठले पत्रकार लामिछानेका अभिभावकसँग माफी मागेको र आयन्दा यस्तो घटना नदोहो¥याउने लिखित प्रतिबद्धता जनाएपछि बुधबार राती दुई पक्ष विच मिलापत्र भएको पत्रकार लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता