अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १७

३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा तनहुँमा विभिन्न कार्यक्रमको आयोजना गरियो । जिल्ला स्तरमा सामाजिक विकास कार्यालयको समन्वयमा र विभिन्न स्थानीय तहमा पनि यो दिवस मनाईयो ।

व्यास नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका तथा ऋषिङ गाउँपालिकाले अपाङ्गता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइएको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गरेको थियो । त्यस यता सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको हो ।
तर नेपालमा भने यो दिवस सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।

नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानुन र नीतिहरूले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व भएको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने अपाङ्गता अधिकारकर्मी मदन पौडेलले बताए ।

अपाङ्गता दिवसको अवसरमा सामाजिक विकास कार्यालय तनहुँले कर्मचारी, पत्रकार र शिक्षकहरुको विचमा हाजिरि जवाफ प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा कर्मचारीको समुह प्रथम, पत्रकारको समुह द्वित्तिय र शिक्षकको समुह तृतिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय