बाँदरको नियन्त्रण र व्यवस्थापन देवघाटको सबैभन्दा ठुलो चुनौती

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १८

बाँदरको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा सोमबार देवघाटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले बाँदरले देवघाट क्षेत्रमा निकै दुख दिएको हुँदा बाँदरको नियन्त्रण र व्यवस्थापन अनिबार्य भएको बताए ।

सो अन्तरक्रिया कार्यक्रममा बाग्मती प्रदेशका सांसद कृष्ण प्रसाद सिलवालले बाँदर नियन्त्रणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बाँदर नियन्त्रणकोलागि भरतपुर महानगरपालिका देवघाट गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बाँदरको व्यवस्थापन देवघाटकोलागि निकै चुनौती बनेको बताए । बाँदर पार्क, बाँदर स्थानातान्तरण लगायतको कामले पनि यो समस्या समाधान नहुने भन्दै अध्यक्ष थापाले देवघाट गाउँपालिकाका जनता दिनदिनै बाँदर सँग लडेर बस्न पुरेको बताए ।

कृषकले लगाएको मकै, मास, केरा, भटमास लगायतका फलफुल र अन्नबाली सबै बाँदरले खाएर नष्ट गर्ने भन्दै अध्यक्ष थापाले बाँदरले अहिलेसम्म सुन्तला खान सिकेको छैन, यदी कुनै दिन बाँदरले सुन्तला खान जान्यो भने छिपछिपेका कुनै पनि सुन्तला बाँकी नरहने र यो कारणले कृषक ठुलो मारमा पर्ने बताए । अध्यक्ष थापाले दिर्घकालिन नीति बनाएर बाँदरको व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर राना, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशन सदन बराल, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेल, समाजसेवी रामनाथ मिश्र, चक्रबर्ती आश्रम व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिना, सव–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्ट, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, गार्गी कन्य गुरूकुलका राम प्रसाद वर्ती, सीताराम संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल लगाएतले बाँदर नियन्त्रण सम्बन्धमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको