उच्च अदालतले पल शाहलाई दिएको सफाई सम्बन्धी मुद्धा सर्वाेच्च हेर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर ३०

एक नाबालिगलाई यौन दुरुपयोग गरेको मुद्धामा नवलपुर जिल्ला अदालतको फैसला उल्ट्याँउदै उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाहको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ ।

उच्च अदालतका तत्कालीन कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आरोपको दावी नपुग्ने ठहर गर्दै २०७९ फागुन १४ गते पल शाहलाई सफाइ दिएको थियो । उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहो¥याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्चको फैसला दोहो¥याएर हेर्न अनुमति दिएको हो ।

उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सरकारी वकिल सर्वोच्चमा गएका थिए ।

माथेमा र फुयालको गत मंसिर २२ गतेको आदेशमा भनिएको छ– ‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ती समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहो¥याइ हेर्ने अनुमति प्रदान गरिएको छ ।’

शाहलाई बाल यौन दुरूपयोग मुद्धामा नवलपुर जिल्ला अदालतले पल शाहलाई २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने गरेको थियो ।

यता, तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिने फैसला गरेको थियो । बलात्कारको मुद्धा लागेपछि पल शाहले ०७८ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय तनहुँ समक्ष आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता