राष्ट्रव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा महेश संस्कृत गुरुकुलका लामिछाने प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ३०

देवघाट स्थित महेश संस्कृत गुरुकुलका छात्र दिग्बिजय लामिछाने राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन् ।

रिलायन्स साहित्य समाज बुढानीलकण्ठ काठमाडौंद्वारा आयोजित ‘महाकवि देवकोटाको प्रश्नोत्तर कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ विषयक राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा महेश सस्कृत गुरुकुलका कक्षा १२ का छात्र लामिछानेले प्रथम हुन सफल भएको गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

सहभागीहरु मध्ये शुक्रबार पहिलो चरणबाट छनोट भएका ५ जना प्रतियोगी मध्ये शनिबार भएको विज्ञ सहितको अन्तिम प्रतिश्पर्धामा लामिछाने प्रथम हुन सफल भएका हुन् ।

सो प्रतियोगितामा काठमाडौँका नाम चलेका विद्यालयहरुको समेत सहभागिता थियो । प्रथम भएका लामिछानेले पुरस्कार स्वरुप नगद ५ हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक