बन्दीपुरमा १ सय १७ कुकुरको निःशुल्क बन्ध्याकरण

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस १४

रेविज नियन्त्रणका लागी बिहिबार र शुक्रबार बन्दीपुरमा सन्चालित निःशुल्क बन्ध्याकरण शिविरमा १ सय १७ कुकुरको निःशुल्क बन्ध्याकरण, रेबिज रोग बिरुद्धको खोप सहित उपियाँको औषधी समेत प्रदान गरिएको छ ।

यहि पौष १२ गते गाउँपालिकाको वडा नम्बर १ स्थित पशु सेवा कार्यालयको भवन नाहालामा र १३ गते वडा नम्बर ४ स्थित बन्दीपुर गाउँपालिका स्थित कार्यलयको परिसरमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण कार्यक्रम सन्चालन गरिएको पशुपंक्षी तथा मत्स्य बिकास शाखाका प्रमुख मधु बिलास न्यौपानेले बताए । पहिलो दिन बिहिबार ६३ वटा, दोस्रो दिन सोमबार ५४ वटा सहित ११७ कुकुरको बन्ध्याकरण गरिएको हो ।

बन्दीपुर गाउँपालिका पशुपंक्षी तथा मत्स्य बिकास शाखाको आयोजना तथा जिल्ला भेटेनेरी अस्पताल र पशु सेवा बिज्ञ केन्द्र कार्यलयको सहकार्यमा सन्चालन गरिएको हो । सामुदायिक कुकुहरुका कारण समुदाय राजमार्ग तथा अन्य स्थानहरुमा दुर्घटना बढ्ने तथा रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप समेत लगाइएको हो ।

शिविरमा भेटेनेरी अस्पताल कास्कीका डा. अनन्त कोइराला, माडी नगरपालिका चितवनका पशुपंक्षी शाखाका प्रमुख डा रविन बस्ताकोटी यस्तै ब्यास नगरपालिकाका डा मनोज बिश्वकर्मा भेटेनेरी अस्पताल तनहुँका डा. रोशन ज्ञवाली बन्दीपुर गाउँपालिकाका डा.सफल पौडेल, शाखाका प्रमुख मधु बिलास न्यौपाने लगायत शाखाका प्राबिधिक तथा कर्मचारीहरु बन्ध्याकरण कार्यक्रममा संलग्न रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले