दमौली, पुस १४
ब्राह्मण समाज तनहुँको अध्यक्ष पुनः कृष्णचन्द्र पाण्डे निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न दोश्रो अधिवेशनले पुनः पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समाजको उपाध्यक्षमा मदनप्रसाद पण्डित, सचिवमा कृष्णहरि गैह्रे, कोषाध्यक्षमा गंगा पोख्रेल तथा सहसचिवमा लक्षिमादेवी घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रदिप घिमिरे, राजेन्द्र वाग्ले, विष्णुहरि लम्साल, भानुभक्त पण्डित, नारयणप्रसाद पौडेल, दिनानाथ पौडेल, दिव्यदेव पौडेल, नारयण घिमिरे, महाप्रसाद न्यौपाने, गोविन्दराम पन्थ, रामकृष्ण पौडेल, निर्मला भण्डारी खनाल, मेनका रिमाल कडेंल र लक्ष्मि न्यौपाने चयन भएका छन् ।
सो अधिवेशनको बाह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष अधिकारीले नेपाललाई सनातन हिन्दराष्ट्र घोषणा गर्नुपर्ने बताए ।

नेपालमा ८० प्रतिशत भन्दा धेरै सनातन हिन्दु धर्म मान्ने भएकोले उनिहरुले भावानालाई कदर गर्दै हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने अधिकारीले बताए । इसाईहरुले आफ्नो देश छ भनेर गर्व गर्ने, मुस्लिम राष्ट्रहरुले पनि त्यसैगरी गर्व गर्ने तर हिन्दु राष्ट्रको पहिचान मेट्ने काम भएको उनको भनाई थियो । अध्यक्ष अधिकारीले नेपालमा धेरै जातिको बसोबासी भएकोले जातको नाममा प्रदेशको नामाकरण गर्न हुँदैन भन्ने माग बह्माण समाज नेपालले राखेको जानकारी दिए ।

समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल, व्यासका अध्यता काशीनाथ न्यौपाने, वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले, महर्षिवेद व्यास सस्कृत माविका व्यवस्थापन समितिका अध्यक्ष तुलसीशरण सिग्देल, समाजका जिल्ला सचिव तुलसीराम पौडेल, कोषाध्यक्ष कोपिलामणी पौडेल, सहसचिव मदन पण्डित, सदस्य गौकुमारी न्यौपाने, समाजको भानु नगरपालिकाका अध्यक्ष जयहरी ढकाल, देवघाट गाउँपालिकाका अध्यक्ष दिव्यदेव पौडेल लगायते आआफ्नो मन्तव्य राखेका थिए ।














