देवघाट, पुस १८
चितवनको भरतपुरको आँपटारीचोकदेखि पवित्र धार्मिस्थल देवघाटसम्म जाने सडकको दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ । रङ रोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाले सशस्त्र प्रहरी बल आँपटारीलाई ९ सय लिटर रातो र सेतो रंग हस्तान्तरण गरिएको छ ।



रङ खरिदका लागि रु ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ । उक्त रङ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

भरतपुर महानगरपालिकाले दिएको रङलाई सशस्त्र प्रहरीले सामाजिक उतरदायित्व अन्तर्गत लगाउने कार्य गर्ने छ । करिब एक महिनाभित्र यो सडकमा रङ लगाउने काम सकिने जनाईएको छ ।












