बन्दीपुर गाउँपालिकाको १४ औँ हिउँदे गाउँसभा सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस २३

तनहुँको बन्दीपुर गाउँपालिकाको १४ औं गाउँसभा आईतबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सो गाउँसभा सम्पन्न भएको हो ।

गाउँपालिका सञ्चालनका लागि केहि नीति, ऐन, कानून तथा कार्यविधि समेत पारित गर्नुपर्ने भएकोले आवश्यक पर्ने ५ वटा नीति, ऐन, कानून र कार्यविधि समेत पारित गरिएको र अब तत्काल कार्यान्वयन समेत हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले जानकारी दिए ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कर्मचारी र जनप्रतिनिधिले नै जनतालाई दिने सेवा प्रभावकारी बनाउने र विकास हुने भएकाले दुबै पक्ष सकारात्मक रुपमा लाग्नपर्ने र जनताले पाउने सेवा तथा विकासको कामको लागि कर्मचारीहरुलाई जनप्रतिनिधिले सहयोग गर्नेमा कुनै सकोच नराखी सहयोग गर्नुपर्ने बताए ।

सो गाउँसभाद्वारा पारित गरिएका कानुनमा २०७९ पर्यटन ऐन पहिलो संसोधन २०८०, मनोसामाजिक ऐन २०८० खरिद ऐन संसोधन, २०८० को बिनियोजन ऐनको पहिलो संसोधन र स्वंयम सेवक शिक्षा नियामावली निमार्ण रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले प्रस्तुत गरेको प्रतिबेदन र बिधायन समितिका संयोजक बलबहादुर गुरुङले पेश गरेको बिधेयक र ऐन पारित भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।