मादी नदीमा ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु

शेयर गरौ

तनहुँ- माघ ५-

 पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन-पोखरा सडक खण्डको व्यास नगरपालिका-४ को सिमलटार र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो ।

पुलमा दुई सय पायल (खम्बा) निर्माण गर्नुपर्नेमा हालसम्म ५२ वटा खम्बाको काम सम्पन्न भएको छ । कूल सात वटा फाउण्डेशनमध्ये दुई फाउण्डेशनको कार्य सम्पन्न भएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘एउटा फाउण्डेशनमा २८ खम्बा हुन्छन्,’ उनले भने, ‘२४ र २८ का गरी दुई फाउण्डेशनको कार्य सम्पन्न भएको छ ।’

पुल निर्माणका लागि तल जगको भाग पूरा भएपछि त्यस भन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइने पाण्डेले बताए । उक्त पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

७२ किलोमिटर दूरीमा रहेको पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेनको उक्त पुल निर्माण भइरहेको छ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

ढाँचाअनुसार पूर्वी सडकखण्डको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्ने इञ्जिनियर पाण्डेले जानकारी दिए । उनले भने, ‘पूर्वी खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको छ ।’

पश्चिम खण्डअन्तर्गत दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को