वडाको काममा खबरदारी गर्न भानुमा जनसरोकार समिति गठन

Devghat Online

शेयर गरौ

दमौली, माघ २१

भानु नगरपालिका वडा नम्बर ४ को कामलाई खबरदारी र निगरानी गर्न वडास्तरमा जनसरोकार समिति गठन गरिएको छ । नेकपा एमाले भानु नपा वडा नम्बर ४ को शनिबार बसेको वडा भेलाले राजेश पन्थको संयोजकत्वमा १३ सदस्यीय जनसरोकार कमिटी गठन गरेको छ ।

सो जनसरोकार समितिले वडा कार्यलयबाट प्रवाह हुने सेवालाई सहज बनाउन पहल गर्ने, बिकास निमार्णका कार्यमा सहयोग, खबरदारी र निगरानी गर्ने तथा नगर र वडाबाट बिनियोजित रकमलाई दुरुपयोग हुन नदिका साथै आर्थिक बर्ष ०८०÷०८१ मा बिनियोजन भएको लक्षित वर्गको बजेटमा अनियमित हुन सक्ने भएकाले त्यसलाई रोक्न सम्बन्धि कार्यलयमा कार्यलय सचिव र वडा अध्यक्षलाई ध्यानाकर्षण गराउने काम गर्ने संयोजक पन्थले बताए ।

यसैगरि जनताका हरेक समस्यालाई समाधान गर्न जनसरोकार समिलिते सम्बन्धित कार्यालय र निकायमा पुग्न र पु¥याउन पहल गर्ने हुने हुँदा सम्पुर्ण भानु ४ निवासी आमा बुवा दाजुभाइ दिदिबहिनीलाई त्यस्ता समस्या परेमा जानकारी गराउन पन्थले अनुरोध गरेका छन् ।

जनसरोकार समितिमा संयोजक पन्थ तथा सदस्यहरुमा अर्जुन पान्डे, गिता थापा ठाडा, मिना नेपाली, बिष्णु कुमाल, सोम लम्साल, श्रीभक्त राना, भोट बहादुर नेपाली, गोपाल कुँवर, शंकर रानाभाट, इमबहादुर रानाभाट, एक बहादुर राना र अर्जुन रानाभाट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा