विद्यालयको सौचालय मापदण्ड अनुसार बनाउन ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

दमौली, माघ २३

व्यास नपा–४ का युवा अभियन्ता महम्मद गफ्फारले विद्यालयको सौचालय मापदण्ड अनुसार बनाउन स्थानीय तहहरुको ध्यानाकर्षण गराएका छन् । मंगलबार भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, आबुँखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै उनले सो माग गरेका हुन् ।

सरकारी तथा गैरसरकारी कलेज तथा विद्यालयहरुमा विद्यार्थीको संख्या अनुरूप शौचालय नपाईएको, शौचालयमा चुकुल नरहेको, पानीको पर्याप्ता नरहेको तथा शौचालय सरसफाईको कमिले निकै दुर्घन्धित रहेको हुँदा यसले विद्यार्थीमा पर्ने मनोवैज्ञानिक असरलाई ध्यानमा राख्दै सम्पूर्ण कलेज तथा विद्यालयहरुमा शौचालयको संख्या बढाउन र मापदण्ड अनुसारको व्यवस्थापन गर्न माग गरेका हुन् ।
साथै स्थानीय तहले शिक्षण संस्थाको सौचालयको अवस्था नियमित अनुगमन गर्न र मापदण्ड अनुसार सन्चालन नगरेको पाईए कारवाही गर्न पनि ध्यानाकर्षण पत्र मार्फत माग गरेका छन् ।

व्यास नगरपालिकाले माघ पहिलो साता दमौलीका फोहोर मैला नउठाएपछि युवा अभियन्ता गफ्फारले आफै फोहोर उठाएर दमौलीबासीको मन जितेका थिए । पछिल्लो समय उनले विद्यालयको सौचालय मापदण्ड अनुसार बनाउन स्थानीय तहको ध्यानाकर्षण गराएका हुन् । उनले केही दिन अघि व्यास नगरपालिकामा पनि उक्त ध्यानाकर्षण पत्र बुझाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण