पुर्वराजा ज्ञानेन्द्रद्वारा देवघाटको वेणी संगममा स्नान, राप्रपाका कार्यकर्ताद्वारा स्वागत

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २

चितवन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बुधबार पवित्र धार्मिक स्थल देवघाटधाम आए ।
पुर्व राजा शाह कालिगन्डकी र त्रिशुलीको संगम वेणीमा स्नानको लागि आएका थिए ।

चितवनको पटिहानीबाट गाडीमा आपँटारी हुँदै देवघाट आएका पुर्व राजा शाहको परिवार डुङ्गामा त्रिशुली नदी पार गरेर तनहुँ तर्फको वेणी संगममा आइ स्नान गरेका थिए । पुर्व राजपरिवार तथा सुरक्षाकर्मीकोलागि चारवटा डुङ्गाको व्यवस्थापन गरिएको थियो ।

वेणीसंगममा पुर्व राजपरिवारलाई वेणीसंगममा पुर्व राजपरिवारलाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको नेतृत्वमा करिब २ सयको संख्यामा रहेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

पुर्व राजा आईतबार चितवनको भरतपुर आएका थिए । पूर्वराजा दुई साता चितवनमा रहनेछन् । पूर्वराजाको परिवार पटिहानीस्थित सोल्टी होटलमा बसिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण