गौ संरक्षण केन्द्रलाई सहयोग गरेवावत वडा अध्यक्ष पन्तलाई सम्मान

Devghat Online

शेयर गरौ

भरतपुर,  फागुन १८

राष्ट्र गुरु योगी नरहरीनाथको ११० औं प्राकट्य दिवसको अवसर पारेर श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम द्वारा संचालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीमा संरक्षित गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उद्दश्यसहित स्थापना गरिएको गौ अक्षयकोष स्थापनामा महत्त्वपूर्ण योगदान गर्नु भएकोमा भरतपुर महानगरपालिका वार्ड नम्बर १२ का वार्ड अध्यक्ष एबम् समाजसेवी, दानवीर श्री लेखराज पन्त हरिज्युलाई महानगर प्रमुख रेनु दाहालद्वारा संरक्षक सदस्यको रुपमा सम्मानित गरिएको छ ।

गौ सेवामा पुर्याउनु भएको योगदानको लागी योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले हार्दिक आभार व्यक्त गरेको केन्द्रका संयोजक नवराज ढकालले बताए । अध्यक्ष पन्तले केन्द्रले सञ्चालन गरेको अक्षयकोष खातामा रु १ लाख १ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।

वागीश्वरीमा योगी नरहरिनाथले २०४९ सालबाट यहां गौ संरक्षण अभियानको थालनी गरेका थिए। हाल यस गौ संरक्षण केन्द्रमा २२५ जति स्थानीय जातका गाई संरक्षीत छन । अक्षयकोष खातामा रु ११ हजार भन्दा बढी सहयोग गर्ने दातालाई गौ संरक्षण केन्द्रको आजीवन सदस्यको रुपमा सम्मानित गरिन्छ साथै एकलाख रुपैयाँ भन्दा बढी गौ सेवा गर्ने दातालाई संरक्षक सदस्यको रुपमा सम्मानित गरिने अध्यक्ष ढकालले बताए।

योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा हाल सम्म पचहत्तर लाख अक्षयकोष खातामा जम्मा भएको छ यसलाई तीन करोड रुपैयाँ पुर्याउने लक्ष्य भएको गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकालले बताए । साथै यो अभियानमा जोडिन सम्पूर्ण गौ भक्त एबम् दानबिरलाई आब्हान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय