देवघाटमा जारी धर्मजागनी ज्ञान महायज्ञको तेश्रो दिनः सांसद वाग्ले प्रमुख अतिथी

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १९

देवघाट गाउँपालिका–५ स्थित श्रीकृष्ण प्रणामी सेवा समिति श्री प्राणनाथ अनाथ सेवा आश्रममा जारी श्रीमद्भागवत श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञको तेश्रो दिन शनिबार तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिय वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । गत विहिबारबाट सुरु भएको उक्त महायज्ञमा आतिथ्याकोलागि शनिबार सांसद वाग्ले देवघाट आएका थिए ।

महायज्ञको विहिबार आद्यधर्मपीठ श्री ५ नवतनपुरीधाम जामनगर गुजरातका पिठाधीश्वर श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभुषित जगदगुरु आचार्य श्रीकृष्णमणिजी महाराजले उद्घाटन गरेका थिए ।

महायज्ञ मुल समारोह समितिका संयोजक राजेन्द्र रिजालको संयोजकत्वमा भईरहेको उक्त महायज्ञमा सहयोगी दाताहरु बढ्दै गएको आयोजकले जनाएको छ । कार्यक्रममा सांसद वाग्लेले महायज्ञका दाताहरुलाई आयोजकको तर्फबाट सम्मान गरेका थिए ।

देवघाट स्थित श्रीकृष्ण प्रणामी सेवा समिति श्री प्राणनाथ अनाथ सेवा आश्रममा श्रीकृष्ण मन्दिर निर्माण तथा आश्रम सन्चालनकोलागि आर्थिक सहयोग जुटाउने उद्देश्यले विहिबारबाट सो महायज्ञ आयोजना गरिएको हो । महायज्ञ फागुन २३ गतेसम्म चल्नेछ । आश्रम परिसरमा पाँच करोडको लागतमा कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गरिएको छ ।

उक्त महायज्ञले हिन्दु धर्मको संरक्षणकोलागि योगदान दिने तथा भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि सहयोग गर्ने अपेक्षा लिईएको रिजालले बताए । उक्त श्रीकृष्ण प्रणामी मन्दिरले धार्मिक पर्यटकलाई आकर्षित गर्ने अपेक्षा समेत लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका