कामना सेवा विकास बैंकद्वारा महायज्ञमा टिसर्ट र टोपी बितरण

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
चितवन, २० फागुन ।
चितवनको शारदानगरमा हाल सञ्चालनमा रहेको श्री शिव महापुराण ज्ञान महायज्ञमा कामना सेवा विकास बैंक लिमिटेडले एक कार्यक्रमका बिच शनिबार स्वयमसेवक तथा व्यवस्थापकलाई टि–सर्ट र टोपी वितरण गरेको छ ।
बैंकको शाखा कार्यालय शारदानगरका शाखा प्रमुख सरोज लामिछानेले श्री शिव महापुराण ज्ञान महायज्ञ मुल समारोह समितीका अध्यक्ष कमलनाथ पौडेललाई टि–सर्ट तथा टोपी हस्तान्तरण गरेका थिए । शाखा प्रमुख लामिछानेले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टि–सर्ट टोपी वितरण गरेको र आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा तथा सहकार्यमा यस्ता प्रकृतीका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।


उक्त कार्यक्रममा बैंकका कर्मचारी एवं स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा ए.टि.एम. वुथमा मार्फत अत्याधुनिक बैंकिंङ सुविधा प्रदान गर्दै आईरहको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले