कांग्रेसलाई ओलीको प्रश्नः पोहोर सरकारमा नभएर समर्थन गर्ने, अहिले किन नगर्ने ?

Devghat Online

शेयर गरौ

काठमाडौ, फागुन ३०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गरेका छन् । संसदमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारण बारे भनेका कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट सुरु गर्छु’, ओलीले संसदमा भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे । ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन’, उनले भने, ‘समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।’

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय