ऋषिङमा काव्य उत्सव तथा साहित्यिक पुरस्कार वितरण

Devghat Online

शेयर गरौ

दमौली, चैत १०

साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँको आयोजना तथा ऋषिङ गाउँपालिकाको प्रवद्र्धनमा शनिबार ऋषिङ गाउँपालिकामा काव्य उत्सव तथा साहित्यिक पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो ।

‘भाषा, साहित्य वाङ्गमयको आधार, साँस्कृतिक संरक्षण विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार–२०८० डा.नवराज लम्साललाई प्रदान गरिएको थियो ।

त्यसैगरि नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार–२०८० डा. रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको थियो भने गीतल राष्ट्रिय पुरस्कार–२०८० तिला लेकाली र गीतल प्रतिभा पुरस्कार–२०८० शोभा सिंह ठकुरीलाई प्रदान गरिएको गितल प्रतिष्ठान नेपालका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

उक्त अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले तयार पारेको गीतल गुञ्जन भाग–३ लोकार्पण गरिएको प्रतिष्ठानका सचिव माधवप्रसाद अधिकारीले बताए । सो कार्यक्रममा साहित्यकारबाट काव्य वाचन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो