अन्जान परियार, घिरिङ चैत १०
घिरिङ गाउँपालिका–३ नेवापानीमा रहेको श्री थानी आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई युके निवासी मोहन वीर थापाले पोसाक बितरण गरेका छन् ।



शुक्रवार बिद्यालयमा आयोजित बिद्यार्थिलाई पोसाक बितरण तथा सहयोगी दाता सम्मान कार्यक्रममा थापाले सो विद्यालयका २८ जना बिद्यार्थीहरुलाई पोसाक बितरण गरेका हुन् । घिरिङको नेवापानीमा जन्म भएपनि लामो समयदेखि युकेमा बसोबास गर्दै आएका थापा युके मगर समाजको आजिवन सदस्य समेत हुन् ।

विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेका थापाले आफ्नो गाउँको बिद्यालयमा अध्ययनरत बिधार्थीहरुको पोशाकमा एकरुपता बनाउन पोसाक उपलब्ध गराएको बताए । विद्यालय पोसाक पाएपछि बिद्यार्थीहरु निकै खुसी भएका थिए ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रण बहादुर गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले २०५१ सालमा आफु र पुर्व शिक्षक पर्शुराम गुरुङ्गको पहलमा सो बिधालय स्थापना गर्न सफल भएको ब्यक्त गरे । उक्त बिद्यालयको भौतिक संरचना तथा शैक्षिक गुणस्तरमा भएको बिकासप्रती स्थानीय अभिभावक तथा बिद्यालय ब्यवस्थापन समितिमा रहेर योगदान गर्ने सबै प्रती आभार प्रकट गर्दै बिद्यार्थीको निगरानी गर्न अभिभावकलाई सुझाब दिए ।

उक्त कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिशिस्ट अतिथी वडा नम्बर ३ का सदस्य लोक गुरुङ्ग, पुर्व बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिलबहादुर गुरुङ्ग, सहयोगी दाता याम गुरुङ्ग, मायाँ थापाले निजि बिद्यालय भन्दा सरकारी बिद्यालयमा पढाउनु पर्नेमा जोड दिएका थिए ।
बिद्यालयका प्रधानाध्यापक हिरा सिं थापाले कार्यक्रम सन्चालन गरेको सो कार्यक्रममा शिक्षिका मामिला थापाले स्वागत मन्तब्य राखेकी थिइन् । उक्त कार्यक्रममा नेवापानी नौमती बाजा समुहद्वारा अतिथीहरुलाई स्वागत गरिएको थियो ।













