घिरिङमा निर्मित सहिद सन्ध्याको प्रतिमा अनावरण

Devghat Online

शेयर गरौ

दमौली, चैत ११

घिरिङ गाउँपालिका–१ बैडीमा निर्माण गरिएको सहिद दिलमाया विक (सन्ध्या) को प्रतिमा अनावरण गरिएको छ ।

सन्ध्या स्मृती पार्कमा निर्माण गरिएको सो प्रतिमाको नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज आशा कोईरालाले शनिबार अनावरण गरेकी थिइन् ।

दिलमायाको सशस्त्रद्वन्द्वको क्रममा मृत्यु भएको थियो । गन्डकी प्रदेश सरकारको आर्थिक वर्ष ०७९÷०८० को १० लाख रुपैयाँको बजेटमा उक्त पार्क र प्रतिमा निर्माण गरिएको थियो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका तनहुँ जिल्ला संयोजक ओमराज आले मदन, वाईसिइएलका गन्डकी प्रदेश संयोजक शरण सापकोटा एवं सहिद परिवारका सदस्यहरुले समेत मन्तव्य राखेका थिए ।

सोही अवसरमा नेतृ कोइराला एवं माओवादी नेताहरुले घिरिङ गाउँपालिकाका सहिदहरु पवित्रा कुमाल र मिनबहादुर कुमालको परिवारलाई भेट गरि अमरगाथा पुस्तक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक