सिद्ध झाँक्री एंव सिद्धेश्वर महादेव संरक्षण समितिको अध्यक्षमा श्रीभद्र आचार्य चयन

Devghat Online

शेयर गरौ

दमौली, चैत ११

म्याग्दे गाउँपालिका–७ साँगे पयर ठुलोपहरा स्थित सिद्ध झाँक्री एंव सिद्धेश्वर महादेव संरक्षण समितिको अधिवेशन तथा साधारण सभा आइतबार सम्पन्न भएको छ । सो अधिवेशनले श्रीभद्र आचार्यलाई अध्यक्ष चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण ज्ञवाली, सचिवमा दोधराज रेग्मी, कोषाध्यक्षमा रविना धर्ती र सह सचिवमा पवित्रा खवास चयन भएका छन् ।

सदस्यहरुमा मोहन बिक्रम शाही, लक्ष्मी भण्डारी, दुर्गा देवी वाग्ले, नारायण माझी, केशव बिक, गंगा वाग्ले, सुरज बोहोरा, रेशम नेपाली, दलीसरा सुनारी,चन्द्र मणि ओझा, पवित्रा नेपाली, अतिराम नेपाली, माधव प्रसाद पण्डित, गौरादेवी खवास, सृजना वाग्ले, लिलावति कामी, गोविन्द नेपाली र कमला बिक चयन भएका छन् ।

सिद्ध झाँक्री एंव सिद्देश्वर महादेव सरक्षण समितिकी अध्यक्ष ईश्वरी वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य श्यामराजा महतले मन्दिर क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सोही क्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्दिर क्षेत्रमा रहेको गुफा संरक्षण गरि धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।

सो कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा नम्बर १ का का अध्यक्ष मणिभद्र वाग्ले, वडा नम्बर ७ का सदस्य ध्रवबहादुर नेपाली, श्रीभद्र आचार्य, नाराणण ज्ञवाली, बलराम वाग्ले, गोमा वाग्ले, गौरादेवी खवास लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सपना पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने पिपल चौर टोल बिकास संस्थाका अध्यक्ष दोधराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
साथै सो भेलाले मन्दिर परिसरमा रहेको गुफाको प्रचारप्रसारको बारेमा समेत छलफल गरेको थियो । गुफाभित्र अवलोकन गर्दा शिवलिङ्ग, गणेश, नाग, शङ्ख लगायत विविध प्राकृतिक आकृतिहरू स्पष्ट देखिने नव गठित समितिका अध्यक्ष आचार्यले जानकारी दिए ।

उक्त गुफामा रहेका भगवानको सुन्दर अलौकिक दृश्यहरूको साथै १०८ वेल बृक्षको प्रचार प्रसार गराउने उद्देश्यले पनि भेला आयोजना गरिएको उनले बताए । सोही अवसरमा गुफा, सिद्देश्वर शिव लिङ्ग, सिद्ध झाँक्री एवम् साँगे सेरोफेरोका बारेमा पौराणिक लेख, रचना, कविता, मुक्तक समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको