दमौली, चैत ११
घिरिङ गाउँपालिका–१ बैडीमा निर्माण गरिएको सहिद दिलमाया विक (सन्ध्या) को प्रतिमा अनावरण गरिएको छ ।
सन्ध्या स्मृती पार्कमा निर्माण गरिएको सो प्रतिमाको नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज आशा कोईरालाले शनिबार अनावरण गरेकी थिइन् ।
दिलमायाको सशस्त्रद्वन्द्वको क्रममा मृत्यु भएको थियो । गन्डकी प्रदेश सरकारको आर्थिक वर्ष ०७९÷०८० को १० लाख रुपैयाँको बजेटमा उक्त पार्क र प्रतिमा निर्माण गरिएको थियो ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका तनहुँ जिल्ला संयोजक ओमराज आले मदन, वाईसिइएलका गन्डकी प्रदेश संयोजक शरण सापकोटा एवं सहिद परिवारका सदस्यहरुले समेत मन्तव्य राखेका थिए ।
सोही अवसरमा नेतृ कोइराला एवं माओवादी नेताहरुले घिरिङ गाउँपालिकाका सहिदहरु पवित्रा कुमाल र मिनबहादुर कुमालको परिवारलाई भेट गरि अमरगाथा पुस्तक हस्तान्तरण गरेका थिए ।